उतरायणी मेला हेर्न गएको एक युबकको कमला नदिमा बगेर मृत्यु, तीन बेपता
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १० साउन ।कमला नदीको बाढीमा बगेर एक जनाको ज्यान गएको छ,भने तीन जना बेपता भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ज्यान जानेमा महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् । साउने सोमवारीको अबसरमा मेला हेर्न सिरहाको उत्तरायणी जाने क्रममा ४ जना युवाहरु धनुषाको चिसापानीबाट कमला नदी पार गर्ने क्रममा कमला नदिमा बगेको प्रहरीले जनाएको छ । बगेर आएका योगीको शव बन्दिपुरदेखि करिव ५ किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा फेला परेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो । बेपता हुनेमा महोत्तरी वर्दिवास १६ का १७ वर्षिय सुरज तामाङ, १६ वर्षिय धर्मराज बलम्पाकी मगर र गौशलाका १७ वर्षिय शिवशंकर ठाकुर रहेको प्रहरीले जनाएको छ । उनीहरुका आफन्तले आफ्ना छोराहरु अझै सम्पकर्मा नआएको भन्दै प्रहरीलाई खोजी दिन आग्रह गरेको जनाएको छ । प्रहरीले उनीहरुको खोजी कार्य गरिरहेको जनाएको छ । उनीहरु आफन्तको सम्पर्कमा पनि नआएको र शव पनि फेला नपरेको हुँदा उनीहरुको अझै खोजी भईरहेको बताईको छ । खोजी कार्यमा नेपाली प्रहरी, सशस्त्र प्रहरी र उनीहरुका आफन्तहरुपनि सक्रिय रहेको बताइएको छ । यता, शवको पोष्टमार्टमको लगि जिल्ला अस्पताल सिरहा पठाईएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्