मधेस आन्दोलनमा मारिएका परिवारलाई एक हप्ताभित्र १० लाख
Advertise Here Book Now
काठमाडौं,२१ साउन । सरकारले मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले मधेस आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने निर्णय पनि गरेको छ । बैठकपछि सरकारका प्रवक्ता समेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले दिएको जानकारी अनुसार सरकारले घाइतेलाई उपचारको बिल अनुसारको खर्च दिने छ ।
यसैगरी मधेस आन्दोलमा भएको भनिएको दमन छानबिनका लागि पनि गृहमन्त्रालयलाई प्रक्रिया थाल्न मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।
ओली सरकारको पालमा सिफारिस १४ राजदूत फिर्ता गर्ने निर्णय पनि सरकारले गरेको छ ।