तीर्थयात्री बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु, सात घाइते
Advertise Here Book Now

सिरहा साउन १७ । सिरहाको बड्हारामाल–६ स्थित बन्दीपुर सडकमा तीर्थयात्री बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त १३०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सिरहा मिर्चैया नगरपालिका–८ निवासी १८ वर्षीया गौरी रायको मृत्यु भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा परी गम्भीर घाइते मिर्चैया नगरपालिका–८ निवासी २० वर्षीय विपीन रायको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अन्य घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्