सिरहामा बाढीको कहर ,सारस्वरनाथ सहित गाउहरु डुबानमा
Advertise Here Book Now

सिरहामा भारि बर्षाको धेरै गाउ डुबानमा परेको छ। कमल नजिकको गाउहरु पानी छिरेपछि मान्छेहरुमा त्रास उत्पन भएको छ। लगातारको वर्षाले सिरहाको विभिन्न नदिमा पानीको बहाब वढेको छ । कमला, बलान, गागन, मैनावती, घुर्मी लगायतका नदिमा पानीको बहाब वढेपछि सिरहाको दक्षिणवर्ती क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
पूर्वमा वाढीले जनजीवन अस्तव्यस्त र डुबानले हजारौं परिवार घरविहिन भईसकेको अवस्थामा सिरहामा सोमवार विहानदेखि लगातारको पानीले विभिन्न नदिमा पानीको बहाब उच्च रहेको छ । कमला नदिमा पानीको बहाब उच्च भएपछि सिरहा नगरपालिका १२ सारस्वरमा बाँध भत्काएर पानी बस्तीमा पसेको छ ।दुई वर्ष अघि कमला नदिले बाँध भत्काएको ठाउँमा पुनः बाँध भत्काएको छ । वाढीको पानीले सयौं विग्हामा लगाईको धानखेती नष्ट गरेको थियो भने नगरको सडक सञ्जालाई ध्वस्त बनाएको थियो । बाढीको बहाब उच्च भए सिरहा नगरपालिकाको विभिन्न वडाहरु जलमग्न हुने र आवतजावतमा समेत कठिनाई हुने स्थानीयहरुको भनाई छ । यो समाचार अपन दैनिकको सहयोगमा तयार पारिएको हो।