राजविराज नगरपालिकाका कर्मचारीको कुर्सीमा वसि घुस लिईरहेको एक पक्राउ
Advertise Here Book Now

राजविराज, ११ असोज । राजविराज नगरपालिकामा कर्मचारीको कुर्सीमा वसेर सेवाग्राहीसँग घुस लिईरहेको आरोपमा सोमवार एक जना पक्राउ परेको छ । घुस लिईरहेको आरोपमा पक्राउ पर्नेमा राजविराज नगरपालिकाका एक कर्मचारीको भाई राजविराज नगरपालिका–७ निवासी २८ वर्षीय प्रकास चौधरी रहेका छन् । प्रकास नगरपालिकामा पञ्जिकाधिकारी पदमा कार्यरत लोकेन्द्र चौधरीको भाई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाजुकै कुर्षिमा वसेर जन्म, मृत्यु दर्ता गर्ने काम गर्दै आएका चौधरी एक सेवाग्राहीसँग एक हजार तीन सय घुस लिईरहेको अवस्थामा पक्राउ परेको हो ।

उनी विगत एक महिनादेखि दाजुकै कार्यकक्षमा वसेर सेवाग्राहीसँग लेनदेन र कामकाज गर्दै आएका थिए । एता, नगरपालिकाका कार्यकारी अधिकृति विष्णुप्रसाद गुरुङ्गले कर्मचारी नै नभएका ब्यक्तिलाई यसरी महिनौदेखि कार्यालय गर्दा पनि कहिल्यै नरोकेको अन्य कर्मचारीको भनाई छ ।कार्यालयको एक कर्मचारीका अनुसार
कार्यकारी गुरुङकै मिलोमतोमा घुस लेनदेनको काम हुदै आएको छ । अर्कोतर्फ सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले यसरी सेवाग्राहीसँग घुस लिने ब्यक्ति र त्यसलाई प्रयोग गर्ने कर्मचारीमाथि आवश्यक अनुसन्धान सूरु गरिएको तथा संलग्ता कर्मचारीलाई कानुन वमोजिम कारवाही गरिने बताए l
सभार : सि एफ एम

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्