एमाले अध्यक्ष ओली आज मधेस आउदै , जनमत उकास्न एमालेको अभियान
Advertise Here Book Now

काठमाडौं,१२ असोज । मधेस विरोधी भन्ने आरोप चिर्न प्रमुख विपक्षी दल नेकपा एमालेले तराई मधेस केन्द्रित जनपरिचालन अभियानलाई प्राथमिकता दिएको छ । एमालेको मधेस अभियान आजैबाट शुरु भएको पार्टी नेताहरुले जनाएका छन् । प्रधानमन्त्री हुँदासमेत आन्दोलनको रापले तातिएको मधेस नगएका एमाले अध्यक्ष केपी शर्मा ओली बुधवार बाराको कोल्हवी पुगेर मधेस केन्द्रित अभियानको थालनी गर्दैछन् । 
त्यहाँ उनले एमालेको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दैछन् । मधेस आन्दोलनका कारण रक्षात्मक अवस्थामा पुगेको पार्टी पंक्तिलाई उनले कोल्हबीबाटै परिचालन गर्नेछन् । ओलीले पार्टीका बरिष्ठ नेताहरु सहित २ नम्बर प्रदेशकमा मधेसी नेताहरुलाई लिएर बाराबाटै तराई मधेस जनपरिचालन अभियान शुरुवात गर्दैछन् । ओलीको बारा आगमनसँगै मधेसमा एमाले बिरुद्धको भ्रम चिर्ने अभियान शुरु हुने एमाले केन्द्रीय सदस्य तथा बाराका सांसद बलवीरप्रसाद चौधरीले बताए । संविधान जारी गर्नुअघिदेखि मधेसमा एमालेका ठूला र औपचारिक सभाहरु हुन सकेका छैनन् । एमालेले यसबीचमा राजमार्ग आसपासका ठाउँहरुमा मात्र पार्टी कार्यक्रम गर्दै आएको छ ।एमालेको मंगलवार सम्पन्न केन्द्रीय कमिटी बैठकले मधेस केन्द्रित विशेष कार्यक्रम सन्चालन गर्ने गरि योजना बनाएको महासचिव ईश्वर पोखरेलले बताए । ‘हामी मधेस र मधेसी जनतासँगै छौं, केही मसिहा र मधेस केन्द्रित दलहरुले लगाएका आरोप हामी मधेसबाटै प्रतिवाद गर्छौं’ पोखरेलले भने ।सीमांकन पुनरावलोकन लगायत विषयमा संविधान शंसोधनको माग मधेस आन्दोलनको छ । एमालेले संविधान शंसोधनको पक्षमा आफूलाई अझै उभ्याएको छैन ।एमाले नेता बैजनाथ चौधरीले भने सिमांकन पुनरावलोकन मधेसका जनताको माग नभएको बताए । उनले भने(हामी जनतासँगै छौं, जनताको चाहना बिभेदको अन्त र सामाजिक न्याय अनि विकास हो । यहाँ सीमांकनको मुद्दा उठाएर जनताको मागलाई विषयान्तर गर्न खोजिएको छ ।एमाले केन्द्रीय कमिटीले कात्तिकदेखि माघ मसान्तसम्म चार महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सो अभियानको मुख्य उद्देश्य तराई मधेसमा पार्टीको साख उकास्न केन्द्रित हुने एमाले स्रोतले जनाएको छ ।अभियानको अन्त्यमा गर्ने जनसभा र वृहत र्‍याली पनि एमालेले तराई केन्द्रित गर्न खोजेको छ । सात प्रदेशमा गरिने आठ ठूला सभामध्ये चारवटा सभा तराई मधेसमा गर्ने तय भएको छ । एमालेले १ नम्बर प्रदेशको विराटनगर, २ नम्बरको जनकपुर,५ नम्बरका बुटवल र नेपालगन्ज र ७ नम्बरको धनगढीमा एमाले केन्द्रित भएको छ ।
 ‘अब मधेसका गाउँदेखि शहरसम्म एमालेको अभियान चल्छ, एमाले बिरोधीहरुको कुप्रचारको मैदानबाटै प्रतिवाद गर्छौ’ चौधरीले भने ।छठ पर्वलाई लक्षित गरेर एमालेले मधेसका सबै जिल्ला कमिटीहरुलाई गाउँ गाउँसम्म कार्यक्रम बनाउन निर्देशन समेत दिएको छ । मधेसमा कस्ता कार्यक्रम बनाएर लैजाने भन्ने बारे मधेसकै नेता र कमिटीहरुसँग छलफल गरेर थप निर्णय हुने सचिव योगेश भट्टराईले बताएका छन् ।एमाले नेतृत्वको सरकारले तराई मधेसको विकास र सामाजिक रुपमा पछि पारिएका समुदाय लक्षित कार्यक्रमहरुमा गरेको बजेट व्यवस्थालाई अभियानका क्रममा जनता समक्ष प्रवाह गर्ने योजना बनाएको छ । तराईका जिल्ला सदरमुकामको विकासका लागि प्रत्येक जिल्लालाई ५० करोड रुपैयाँ छुट्याएको,हुलाकी राजमार्ग र सम्बृद्ध तराईको सिन्चाईका लागि बजेट बिनियोजना गरिएको विषय जनताले बुझ्ने गरि कार्यक्रम लगिने २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले बताए । तराई मधेसको विकासलाई मुख्य विषय बनाएर जनपरिचालन अभियान सन्चालन गर्ने गरि एमालेले मधेसका अरु मुद्दाहरु समेटेर विशेष कार्यक्रम बनाउन लागेको छ । यसबीचमा मधेसका नागरिक समूहसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम बनाइएको एमालेले जनाएको छ । मधेस केन्द्रित अभियानमा पार्टीमा मधेसी नेताहरुका साथै अध्यक्ष केपी ओली,बरिष्ठ नेता माधवकुमार नेपाल,महासचिव इश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल लगायतका नेताहरु परिचालन हुने भएका छन् ।अनलाइनखब

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्