सिरहामा बिधुत प्राधिकरणको लपर्वाहीले लइयो एक बालकको ज्यान
Advertise Here Book Now

असोज–३, सिरहा । सिरहाको माडरमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । सिरहा नगरपालिका १६ का १० वर्षिय चन्दन यादवको सोमवार दिउँसो करेन्ट लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय माडरले जनाएको छ । २÷३ दिन अघि चुडिएको तार बेबारिसे अवस्थामा रहेको र त्यसमा करेन्ट प्रवाह हुँदा ज्यान गएको स्थानीयवासीको भनाई छ । नेपाल विद्युत प्राधिकरणले माडरमा जडान गरिएको तार चुडिएर वेवारिसे अवस्थामा भुईमा खसेको छ ।
 प्राधिकरणलाई खबर गरेपनि ‘डिसको तार हो’ भनेर आलटाल गरेपछि करेन्ट लागेर बालकको ज्यान गएको स्थानीयवासीको आरोप
प्राधिकरणलाई खबर गरेपनि ‘डिसको तार हो’ भनेर आलटाल गरेपछि करेन्ट लागेर बालकको ज्यान गएको स्थानीयवासीको आरोप छ । छोरालाई करेन्ट लागेर ज्यान गएको खबरले आमा पुनम यादव पटक पटक बेहोस भएका थिइन् । उनलाई पनि जिल्ला अस्पताल सिरहा ल्याएर उपचार गरिएको छ । ज्यान गएका यादवको बुबा वैदेशिक रोजगारको लागि सउदी अरबमा रहेको छ । यसैवीच स्थानीयले विद्युत प्राधिकरणको लापरबाहीले बच्चाको करेन्ट लागेर ज्यान भएको भन्दै विरोध जनाएको छ । स्थानीय अभियन्ता धिरेन्द्र साहले प्राधिकरणको लापरबाहीले ज्यान गएकोले क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्