सिरहामा संविधान दिवसको अवसरमा २० कैदीवन्दी रिहा
Advertise Here Book Now

सिरहा , असोज ४ । सिरहा कारागारले संविधान दिवस र वडा दशैंको पूर्व सन्ध्यामा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका २० जनालाई रिहाई गरेको छ । जिल्ला कारागार सिरहा अनुसार कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मोरङ्ग ३ बाहुनेका मोने खवास चौधरी, धनुषा सिंग्याही मडानका रामकिशोर मुखिया, ज्यान मार्ने उद्योगका सिरहा लक्ष्मीनिया का कुशेश्वर यादव, आगो लगाएको मुद्दाका कल्याणपुर कालाबंजरका गंगा पासमान र बौएलाल यादवलाई रिहाई गरेको छ । यस्तै कुटपिट मुद्दामा सजाय भुक्तान गरिरहेका सिरहा नरहा रिगौंलका रामप्रित यादव, दिपेन्द्र यादव, कर्जन्हाका दिगम्बर साह, बहुविवाह मुद्दाका सिरहा डुमरी २ का सन्तोष कुमार यादव, लहान ६ का मनोज कुमार सहनी, असनपुर गोलबजार ८ का सन्तोष कुमार साह, लहान २ का रामनिवास महतो रहेका छन् ।
 कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आगो लगाउने कार्य, कुटपिट, बहुविवाह, नागरिकता किर्ते, बोक्सी र लेनदेन मुद्दामा सजाय काटिरहेका २० जनालाई रिहाई गरिएको कारागार प्रमुख कर्णले जनाए ।
नागरीकता किर्तेमा सजाय भुक्तान गरिरहेका सिरहा भदैयाका रामसेवक चौधरी, रामचन्द्र साह, शेरबहादुर खडका, दरपलाल चौधरी, बोक्सी मुद्दाका गाढा २ का इन्दु देवी सहनी, जनकदुलारी सहनी र लेनदेन मुद्दाका मिश्रिलाल यादव रहेको कारागार प्रमुख शंकर लाल कर्णले बताए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आगो लगाउने कार्य, कुटपिट, बहुविवाह, नागरिकता किर्ते, बोक्सी र लेनदेन मुद्दामा सजाय काटिरहेका २० जनालाई रिहाई गरिएको कारागार प्रमुख कर्णले जनाए । रिहा हुनेमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमालेका पार्टीका नेता कार्यकर्ता समेत रहेका छन् । जिल्ला कारागार सिरहा ४० प्रतिशतभन्दा वढी कैद भुक्तान गरेकाहरुलाई रिहाई गरेको प्रमुख कर्णले बताए । कारागार प्रशासन नियमावली २९(२) अनुसार ६५ वर्ष उमेर पुगेका वृद्ध र पूर्ण असक्त रोगीलाई २५ प्रतिशत कैद भुक्तान गरेमा र कारागार ऐनको दफा २२(२) मा कारागार सम्बन्धी अपराध नगरेको तथा चालचलन असल रहेकोलाई सिफारिस गर्ने प्रावधान रहेको छ । गृहमन्त्रालयको पत्राचार अनुसार सिरहा कारागारले रिहाईको लागि ‘क्राइटएरिया’ भित्र समाविष्ट भएकाहरुमध्ये २० जनालाई रिहाई गरेको हो । मन्त्रालयले कैदी रिहाईको लागि उपयुक्त व्यक्तिहरुको सिफारिस गरी पठाउन कारागार र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । त्यस अनुसार कारागार र जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेको स्रोतले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्