नगरपालिका भवन निर्माणका लागि करोडौंको जग्गा दान
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २० कार्तिक । गोलबजार नगरपालिका कार्यालय भवन निर्माणका लागि स्थानीयवासीहरुले करोडौंको जग्गा दान गरेका छन् । गोलबजार नगरपालिका कर्यालय भवन निर्माण गर्नका लागि गोलबजार ६ मा स्थानिय धर्म सिंह तामांगले ६ कठ्ठा, पदम लाल लामाले ३ कठ्ठा र मदन कुमार लामाले ३ कठ्ठा गरी जम्मा १२ कठ्ठा जग्गा निशुल्क दान गरेका हुन् । जग्गाको चलनचल्तीको मूल्य करिव तीन करोड रहेको दाताहरुले बताए । नगरपालीकाले कार्यालय निर्माणको लागि गोलबजार क्षेत्र भित्र पूर्वपश्चिम लोकमार्ग देखी ५ सय मिटरको आसपासमा जग्गादान गर्न गत जेष्ठमै सुचना प्रकाशित गरेको नगरपालीकाका कार्याकारी अधिकृत राजकुमार दासले जानकारी दिए । गोलबजार नगरपालिका ६ मा रहेको जग्गा नगरपालिकाको नाममा नामसारी भईसकेको कार्यकारी अधिकृत दासले बताए । नगरपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका दाताहरुलाई गोलबजार नगरपालिकाका कार्यकारी अधिकृत दासले धन्यबाद दिएका हुन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्