सिरहामा यात्रुवाहक वसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १९ कार्तिक । सिरहामा यात्रुवाहक वसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट राजविराजतर्फ जाँदै गरेको यात्रुवाहक वसको ठक्करबाट आज (शुक्रवार) सिरहाको बरहरामालमा एक बालकको ज्यान गएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत वडहरामाल ४ का प्रदिप मुखियाका १० वर्षिय छोरा रोशन मुखियालाई ना. ५ ख ४८४७ नम्वरको अम्वे बसले ठक्कर दिंदा बालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी श्याम ंिसंह चौधरीले जानकारी दिए । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने शव पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहा पठाईएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्