नेपाली सेनाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले गरे रक्तदान
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १९ कार्तिक । सिरहामा दीपावली तथा छठ पर्वको अवसरमा नेपाली सेनाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । पुर्वाञ्चलमा रगतको अभाव भएको समाचार आउन थालेपछि रगतको अभावलाई केही हदसम्म कम गर्ने उद्देश्यले विहिवार सिरहाको चोहर्वामा रहेको नयाँ गोरखगणले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, ट्राफिक प्रहरी र स्थानीयवासिन्दा गरी जम्मा ४५.जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमबाट संकलित रगत नेपाल रेडक्रस सोसाईटी सिरहा शाखालाई जिम्मा लगाइएको आयोजकले जनाइएको छ । रगतको अभावमा विरामीको अकालमै ज्यान गुमाउनु नहोस् उद्देश्यले रक्तदानको कार्यक्रमको आयोजना गरेको नयाँ गोरखगण चोहर्वा ब्यारेकका प्रमुख सेनानी मनोज भण्डारीले बताए । रक्तदान कार्यक्रममा १८ नं. बाहिनीका बाहिनीपति सहायक रथी सुवर्ण बहादुर शाहको पनि उपस्थिति रहेको थियो । यता, चाडवाड तथा मौसम प्रतिकुलताको कारणले रक्तदान गर्ने मानिसहरुमा गिरावट आएकोेले रगतको अभाव भएको नेपाल रेडक्रस सोसाईटी सिरहा शाखाका सभापति राजदेव यादवले बताए । सिरहामा वार्षिक करिव दुई हजार पाउण्ड रगत खपत भइरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्