मृत्युसंग लड्दै गिता ,सहयोगका लागी अपिल
Advertise Here Book Now

संजय बिश्वकर्मा सिरहा , २० पौस ।विगत ६ महिना देखी मुटु रोगको पिडा खपेर बसेकी गिता रामले दाताहरुलाई आफनो ज्यान बचाईदिन आग्रह गरेकी छिन् । सर्लाही जिल्ला बरहतबा नगरपालिका वडा नं. १ बस्ने गिता मुटु रोगले शारिरीक रुपमा आसाध्यै कमजोर भएकी छिन् । शहिद गंगा लाल हृदय रोग निवारण केन्द्र , पाटन अस्पताल काठमाण्डौ र भारतको सितामढी लगायत बिभिन्न अस्पतालहरुमा उपचार गराएपनि आर्थिक आभाबका कारण रोग निको नभएको उनका श्रीमान् सन्त रामले बताए । श्रीमान् रामका अनुसार मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था अप्शन नेपालका केन्द्रिय सदस्य नरेन्द्र ओझाको विषेश पहलमा बिभिन्न दाताहरुबाट ७५ हजार रुपैया सहयोग भएपछी थप उपचारमा सहयोग भएको साथै भको ६ धुर जग्गाा बेचेर श्रीमतीको उपचारमा अहिले सम्म तीन लाख भन्दा बढी खर्च भैसकेको बताए । गंगालालका डा. छत्तिस कुमार सिंहका सल्लाह अनुसार मुटुको एउटा भल्भमा ईन्फेक्सन भएको र पित्त थैलिमा स्टोन रहेको हुदाँ स्टोनको अप्रेसन नभईकन मुटुको अप्रेसन हुन नसक्ने भन्दै श्रीमतीको ज्यान जोगाइदिन समाजसेबा गर्ने दानबीरहरुसंग आग्रह गरेका छन् । अपे्रसनमा लगभग तिन लाख खर्च लाग्ने भएको हुँदा सहयोग गर्न चाहने महानुभावहरुले नेपाल ईन्भेष्टमेण्ट बैङ्कको खाता नं. ०४४०५०५०३१९३३१ मा रुपैया जम्मा गर्न आग्रह गरेका छन् । आर्थिक अबस्था आसाध्यै कमजोर रहेको उनको श्रीमतीको उपचारका लागी अब कुनै पनि बिकल्प बाँकी नरहेकोले दयाबान समाजसेबीलाई आग्रह गरेका छन् । सम्पर्कका लागी फोन नं. ९८५१२३४४३५ (नरेन्द्र ओझा) र ९८१५८०३४५९ (सन्त राम)

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्