आफन्तको मृत्युपछि मेडिकेयरमा तोडफोड
Advertise Here Book Now

रामभरोसी यादव चैत्र ९ ।सिरहाको कर्जनहा गाउँपालिका २ बन्दीपुरमा रहेकोे एक स्वास्थ्य क्लिनिकमा उपचार गर्न भर्ना भएकी एक महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तले तोडफोड गरेका छन् । आक्रशित आफन्तले जनस्वास्थ्य कार्यलमा दर्ता नै नगरी मेडिकल सञ्चालन गरेको र उपचारमा लापरबाही गरेको आफन्तको भनाई छ । यता, कर्जनहा गाउँपालिका २ की २५ वर्षीया रेखादेवी मुखियाको मंगलबार साँझ मृत्यु भएपछि प्रहरीले स्थानीय राईन मेडिकेयर सेन्टरका संचालक ताहिर राइनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यम अधिकारीले जानकारी दिए । अनुहारको डण्डीफोर हटाउने भन्दै संचालकले शल्यक्रिया गराउन मंगरबार दिउँसो सेन्टरमा भर्ना भएकी मुखियाको शल्यक्रियापछि अत्यधिक रक्तश्राव भएर ज्यान गएको मृतककी सासु मसिहादेवी मुखियाले बताइन् । ‘भर्ना भए लगत्तै पाँच÷ छ बोतल स्लाइन दिएपछि बेहोस बनेकी ब्ुहारीको अनुहारको शल्यक्रिया गरेपछि रगत थामिएन’ सासु मसिहादेवीले रुदै भनिन् ‘रगत नथामिएपछि बेहोस अवस्थामै कर्जनहास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लैजाँदा बोटोमै मृत्यु भयो ।’ एक छोरा र एक छोरीकी आमा समेत रहेकी रेखादेवीकी पति रोजगारीको शिलशिलामा कतारमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका निमित्त प्रमुख उमेशलाल कर्णले केही दिन पहिले सेन्टर संचालनका लागि पक्राउ परेका राईनले संचालन अनुमति नलिएको जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्