तिलाठीवासी शाेकमा : एकै परिवारका ५ जनाकाे मृत्यु
Advertise Here Book Now

राजविराज,१२ कर्तिक lछोराबुहारीलाई विदा गरेर बसेका तिलाठी-कोइलाडी गाउँपालिका १ तिलाठीका ८५ बर्षीय पण्डित रमानाथ झा ‘हामी काठमाडौं पुग्यौं है’ भन्ने फोनको पर्खाइमा थिए ।तर, उनलाई छोराको त्यो बोली कहिल्यै सुन्न नपाउने भएका छन् । झाका छोरा बुहारी, नातीहरु सवार बस त्रिशुली नदीमा खसेको छ l तिलाठी काेईलाडी गाऊपालिका १ तिलाठिका सँजित झा ५ जना अाईतवार देखि अाैफिस सुरू गर्नकाे लागि घरवाट काठमान्डाै लागि हिडेका थिए । राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धकको रुपमा कार्यरत झा सहित उनका पत्नी सिमि झा १० वर्षा छाेरा अभिनव ४ वरषका छाेरा प्रतिक भाई अनजित साली पुजा सालाे बिटु एउटै बसमा चठेर गईरहेकाे थियाे । तर सँजित सहित काेही पनि काठमानडाै पुगेन,उनीहरू ना ६ख १४६७ नम्वरकाे सन्देश गाडीवाट जाँदै गर्दा अाईतवार बिहान त्रिसुलीमा खसेपछि बसमा सवार सँजित, उनका भाइ, पतनी दुई छाेरा र साली सबैकाे मृत्यु भईसकेकाे छ । गाउँले पनि शोकमा छन् । वडाध्यक्ष दिनेश्वर मिश्रले तिलाठी गाउँमा ठूलो बज्रपात परेको बताए । उनले भने, ‘गाउँका सबै जनाको आँखा रसाएको छ । बिहानै खबर सुनेकाले गाउँका सबै भोको बसेका छन् ।’ संजित राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धक थिए भने उनका भाइ अन्जित निजी कलेजहरुमा पढाउँथे । संजीतका सालो बिटु र साली पूजा काठमाडौंमा अध्ययन गरिरहेका थिए । संजित राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धक थिए भने उनका भाइ अन्जित निजी कलेजहरुमा पढाउँथे । संजीतका सालो बिटु र साली पूजा काठमाडौंमा अध्ययन गरिरहेका थिए । संजितकी पत्नी सिमी र दुई छोरा उनीसँगै काठमाडौंमै बस्थे । झा परिवार दीपावलीका लागि तिलाठीस्थित घर आएका थिए । दीपावली र छठ मनाएर काठमाडौं जाँदै गर्दा दुर्घटनामा परे । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्