बाम गठबन्धनः प्रदेश दुईको सिटबाँडफाँड, जनकपुरधाममा स्वतन्त्र
Advertise Here Book Now

एमाले र माओवादीसहितको बाम गठबन्धनले दुई नम्बर प्रदेशको सिट बाँडफाँड गरेको छ ।

दुई नम्बर प्रदेशमा रहेको प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट मध्ये एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभाको १५ सिट र प्रदेशमा २८ सिट पाएको छ ।


वाम गठबन्धनले भने धनुषा क्षेत्र नम्बर ३ स्वतन्त्रका लागि छोडेको छ । जहाँ जनकपुरधामसमेत पर्ने गरेको छ । उक्त क्षेत्रबाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

त्यस्तै, महोत्तरी २, सप्तरी ४ र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्रका लागि छोडिएको छ ।

हुलाकी न्यूजलाई माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले दिएको जानकारी अनुसार स्वतन्त्रका लागि छोडिएको सिटमा प्रभाव शाली व्यक्तिहरुको खोजी हुँदैछ । जसमा मधेशवादी पार्टीबाट असन्तुष्ट नेताहरु पनि आउन सक्ने उनले बताए । तालिका : अनलाईनखबरबाट

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्