सिराहामा म्यादी प्रहरीमा मधेशी युवाहरुको आकर्षण बढ्दो
Advertise Here Book Now

सौगात लहान २७ असोज । 
प्रदेश र प्रतिनीधि सभा निर्वाचनको लागि सरकारले देशभरबाट ९८ हजार म्यादी प्रहरीको भर्ना खोलेपछि जागिर खान मधेशी समुदायका युवायुबतीहरुको आकर्षण बढेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय सिरहा अगाडी बिहानैदेखि युवाहरुको ठूलो भीड थियो । उनीहरु प्रचन्ड गर्मीका बाबजुद बेलुका ६ बजेसम्म पनि फारम दर्ता गराउन लाईन बसेका भेटिए । सिरहा प्रहरीले म्यादीमा आबेदन दिने युवा युवतीको चाप थेग्न नसकेपछि चार ठाँउबाट फारम दर्ता गर्ने ब्यबस्था गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । फारम दर्ता शुरु गरेको पहिलो दिन बुधबार मात्र जिल्ला प्रहरी कार्यालय सिरहाबाट ६९ महिला र ७ सय ६ ४ पुरुष गरी आठ सय ३३ युवायुबतीले फारम दर्ता गरेका छन् ।
बेरोजगार युवायुबतीले आकर्षक तलब सुबिधा भएकाले र थोरै समय भएपनि देशको सेवा गर्न पाईने भएकोले म्यादी प्रहरीमा जान चाहेको प्रतिक्रिया दिए । म्यादी प्रहरीका लागि सिरहाको लहान, मिर्चैया र गोलबजारबाट पनि फारम बितरण गर्ने बयबस्था छ भने दर्ता जिल्ला प्रहरी कार्यालय सिरहाले मात्र लिएको छ । स्थानीय तहको निर्बाचन सुरक्षाका लागि सिरहामा ६ हजार युवाहरुले आबेदन दिएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्