स्वास्थ्य चौकीका लागि सात कट्ठा जग्गादान
Advertise Here Book Now

राजविराज - स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा एक व्यक्तिले बुधबार रु एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् । 
सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४ मधवापुरस्थित जिल्ला पञ्चायतका पूर्व सभापति स्व कृष्णदेव झाको स्मृतिमा उहाँका कान्छा छोरा शैलेन्द्रचन्द्र मmा र बुहारी सञ्जु झाले स्व पिताको पुख्र्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि सो जग्गादान गरेका हुन् । 
स्वास्थ्य चौकी भवनको शिलान्याससमेत जग्गादाता शैलेन्द्रले नै गर्नुभयो । रु दुई करोड ४२ लाख ८० हजारको लागतमा बन्न लागेको उक्त भवन एक वर्षभित्र निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीका इञ्जिनियर कमलप्रसाद भट्टराइले बताए । 
सो ठाउँमा स्वास्थ्य चौकी निर्माण भएपछि बर्थिङ सेन्टर निर्माणका लागिसमेत पहल गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्