जनकपुरमा शक्तिशाली बम विस्फोट
Advertise Here Book Now

शैलेन्द्र क्रान्ति - जनकपुर, मंसिर ९ गते ।
जनकपुरमा राति ८ बजे शक्तिशाली बम विस्फोट भएको छ । जनकपुरको बाह्रविघा मैदानमा बम विस्फोट भएको हो । मैदानको उत्तर पश्चिम छेउमा संकटमोचन मन्दिर नजिक बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट भने कुनै प्रकारको क्षति भएको छैन । बम विस्फोट भएको ठाउँबाट केही पर छेउको घरमा राजपा नेता राजेन्द्र महतोको डेरा छ । मैदानको उत्तर तर्फको सडकबाट वालपारि बाह्रविघा मैदामा कसैले प्रेसरकुकर बम फालेर विस्फोट गराएको हुन सक्ने प्रहरीको अाशंका छ । अहिले बम विस्फोट भएको ठाउमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरि अनुसन्धान गरिरहो धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले जानकारी दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्