मेडिकल डाक्टरको गाउँमै सेवा गर्ने अभियान
Advertise Here Book Now

सिरहा, १२ कार्तिक । सिरहाको लहान वरिपरिका डाक्टर,नर्स,अहेब, अनमी पढेकाहरु तथा डाक्टरी पेशामा स्थापित भइसकेका व्यक्तित्वहरुको समुहले गाउँमै सेवा गर्ने अभियान थालेका छन् । वस्तीपुर ग्रामिण स्वास्थ्य केन्द्र संस्था स्थापन गरी उनीहरुले मानव स्वास्थ्य सम्बन्धी अभियान सुरु गरेका छन् । सोही अभियानको क्रममा एकसाता अगाडि लहान नगरपालिका १४ वस्तीपुरमा स्वास्थ्य शिविर मार्फत सैयौँ विरामीलाई उपचार गरेका छन् । विरामीहरुलाई उपचारको साथै औषधि पनि निःशुल्क उपलब्ध गराएका थिए ।वस्तीपुर ग्रामिण स्वास्थ्य केन्द्र मार्फत मानिसको शारिरीक स्वास्थ्यको लागि मात्रै होइन, सामाजिक स्वास्थ्यको लागि पनि अभियान सुरु गरेको संस्थामा आवद्ध डा. सन्दर्भ गिरीले जानकारी गराएका छन् । उनले भने, ‘हामीले समय–समयमा स्वास्थ्य शिविरहरु आयोजना गरि विरामीलाई उपचार गर्छौ ।’केही दिनभित्रै हामीले नाक, कान, घाँटीको शिविर गर्ने योजनामा रहेको डा. गिरीले बताए । नाफा वितरण

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्