सप्तरीको गौरामा घाँटी रेटेर श्रीमतीको हत्या
Advertise Here Book Now


२८ कात्तिक, सप्तरी । एक जनाले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको बोदेबरसाइन नगरपालिका-३ गौराका ४० वर्षे जयप्रकाश यादवले श्रीमतीको घाटी रेटेर हत्या गरेका हुन् ।


यादवले मंगलबार खेतमा आफूसँगै धान काट्न गएकी श्रीमती ललितादेवीको घाटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेबरसाइनल जनाएको छ ।
यादवले धान काट्न प्रयोग गरिएको हँसियाले नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका हुन् । यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । घटनाको खास कारण के हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ ।

श्रीमान श्रीमतीबीच केही दिन अगाडि पारिवारिक कलह भएको बुझिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्