अबको गठकन्धन सरकारले बृद्धा पेन्सन ५ हजार पु¥याउने छ ः प्रमोद कुमार यादव
Advertise Here Book Now

सिरहा, २९ कात्तिक । नेकपाा एमालेको घोषणा पत्रमा गठबन्धनको सरकारले बृद्धा पेन्सन ५ हजार पु¥याउने छ । एमालेकै सरकारले शुरु गरेको बृद्धा पेन्सन १०० सय बाट २००० पुगेको सिरहा क्षेत्र नं. ३ का प्रदेश ‘ख’ का उम्मेदवार प्रमोद कुमार यादवले बताएकाछन् । त्यस्तै सिरहा नगरपालिका वडा नं. ७ मा शहिद हेम नारायण यादवको स्मारक बनाउदा नेपाली कांग्रेसका तात्कालिन सभापति सिता देवीले रोक्नको लागि पुनरावेदन अदालत सम्म मलाई पठाए भने यही राजा सल्हेशको स्मृति दिवसको उद्दघाटनमा प्रथम राष्ट्रपतिको आगनका बिरुद्धमा जिल्ला विकास समितिबाट कुनै सहयोग नगर्ने, यसै वडा अन्तर्गत मलाह टोलबाट गाउँमा गएको ढलान सडकलाई पनि रोक्न पछाडि नपरेका आज विभिन्न भ्रमका कुरा फैलाएर मत माग्नेलाई प्रतिवाद गर्ने मौका आएको छ । एमाले समावेशी र सामानुपातिकमा चल्ने पार्टीको उदाहरण यसै वडाका वडाअध्यक्ष पदमा अल्पसंख्यकलाई ल्याएको कुरालाई नबिर्सि आफ्नो मत सुरक्षित ठाउँको लागि दिने र दिलाउन सिरहा नगरपालिका वडा नं. ७ सल्हेश मन्दिरको प्राङ्गनमा बुधबार भएको अगुवा कार्यकर्ता भेलेमा आग्रह गरेका छन् ।

त्यस्तै उक्त अगुवा कार्यकर्ता भेलामा राजा सल्हेशको ठाउँमा आएर पर्यटन केन्द्र बनाउने जिल्लाकै नमुना पर्यटकिय क्षेत्र रहेको छ भने आफू बाहिरका नभएका पाँच वर्ष सम्म उपसभापति भई यसै ठाउँमा रहदै आएको अवधिमा नै शंकर रंगशाला निर्माणको योजना ल्याएको र यसै जिल्लाको दक्षिणी भेग भन्दा उत्तरी भेगमा बढी विकास भएको कारण उत्तरी भेग संग दक्षिणी भेगलाई जोडने चार लेनको सडको योजना मात्र होइन राजमार्ग जस्तै हुलाकी सडकलाई पनि बनाउन २४० करोड बजेट छुट्टाएको एमालेको कर्म भूमि नै मधेश भएकोले भविष्य तर्फ लक्षित भई सूर्य छापमा मत दिई क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यलाई मत दिई विजय गराउन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठले आग्रह गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्