लहानको सहिद चौकमा बम विस्फोट, एक गम्भिर
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, २८ मंसिर । सिरहाको लहान नगरपालिका १ स्थित सहिद चौकमा आज दिउंसो बम पड्किदा एक जना गम्भिर घाईते भएका छन् । करिब पौने १ बजेतिर सहिद चौक स्थित रहेको एक साईकल स्टोर अगाडि एक अपरिचित व्यक्ति थोत्रो साईकल छाडेर गएको केही छिनमा ठूलो विस्फोट भएको हो । साईकलको सिट मुनी राखिएको बम विस्फोट हुंदा एक मोटरसाईकल चालक घाईते भएका छन् । साईकल बम विस्फोट हुंदा नजिकै रहेको स.२ प.७४८० नम्बरको मोटरसाईकलमा सवार सप्तरीका बनरझुला निवासी प्रमेश्वर चौधरी गम्भिर घाईते भएका छन् । घाईते चौधरीको हात र पिठ्युमा गम्भिर चोट लागेको छ भने उपचारको लागि लहान अस्पतालमा भर्ना गरिएको लहान प्रहरीले जनाएको छ । बम कसले किन पड्काएको हो हालसम्म कसैले जिम्मा लिएको छैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्