मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु
Advertise Here Book Now

राम नारायण पंडित सिरहा, २७ मंसिर ।

मिर्चैयामा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका साइकल यात्रुको मृत्यु भएको छ । पुर्बपश्चिम लोकमार्ग अन्तर्गत मंगलबार साँझ मिर्चैया नगरपालिका १ स्थित मोटरसाइकलको ठक्करबाट घाइते भएका कल्याणपुर नगरपालिका १० बस्ने करीब ५० बर्षीय चन्देश्बर साहको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्ब आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलले सोहि दिशाबाट साइकलमा सबार भई आउँदै गरेको अबस्थामा साहलाई ठक्कर दिएका थिए । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका साहको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर स्थित न्युरो हस्पिटल लगिएपछि डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यता, घाइते मोटरसाइकल चालक मिर्चैया नगरपालिका १ बस्ने २६ बर्षीय मुकेश कुमार कापरको प्रहरीको निगरानीमा स्थानिय हस्पिटलमा उपचार भईरहेको छ भने मोटरसाइकल मिर्चैया प्रहरीको नियन्त्रणमा रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्