विकासको विरोध गर्ने लहानमा कांग्रेसको बानी बनेको छ, उहांहरुलाई आग्रह छ मिलेर जाऔं : मेयर साह।
Advertise Here Book Now


लहान, १३ माघ । लहान नगरपालिकाका मेयर मुनी साहले ‘नगरस्तीय र वडागरी हरेक वडामा जनसंख्या तथा भौगोलिक दृष्टिले बजेट विनियोजित गरिएको’ बताउंनुभयो । आज लहान नगरपालिकाले पत्रकार सम्मेलनमा बजेट सार्वजनिक गर्दै मेयर साहले ‘म विकास कामलाई प्राथमिकता दिन खोज्दा जहिले पनि कांग्रेसले विरोध गर्दै आएको छ । र, अहिले संघीय समाजवादी फोरम पनि कांग्रेसीको पछिपछि लागेको छ ।’‘ म त भन्छु सबै मिलेर जाऔं, लहानलाई सुन्दर नगरी बनाऔं ।’ बताउंनुभयो ।
 कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले हामीले पनि विकासका कल्पना गरिएका संग्रहालय, चिडियाखाना, डिजिटल युग अनुसारको प्रविधिहरुको स्थापना गर्ने जुन लक्ष्य लिएको हो त्यो सराहनीय र महत्वपूर्ण रहेको बताउंनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्