मान्छेले आंटे जस्तोसुकै काम गर्न सक्छन् धुर्मुस
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, २९ पुष । धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सीताराम कट्टेलले शुक्रबार सिरहाको लहानमा सन नेपाल लाइफ इन्स्योरेन्सको लहान शाखा उद्घाटन गर्दै ‘मान्छेले आंटे जस्तोसुकै काम गर्न सक्छन् ।’ ‘यो जीवन बीमा गरेर सामाजिक र पारिवारिक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने’ बताएका छन् । 

सन नेपालका ब्रान्ड एम्बेस्डर समेत रहेका धुर्मुसले यतिबेला नेपाली वित्तीय बजारमा बीमा क्षेत्रको पहँुच अर्थात् कभरेज मात्र ७ प्रतिशत रहेको उहांले यसलाई दोब्बर बनाउंन यस इन्स्योरेन्सले आफ्नो सक्रियता देखाउंने बताउंनुभयो ।
धुर्मुसले भूकम्प पछिको पुर्ननिर्माणका क्रममा काभ्रे जिल्लाको पहरी गाउंका भुकम्प पीडित २० परिवारका लागि भुकम्प प्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भुकम्प पीडित तामांङ गाउंमा ६६ आवासिय घर तथा महोत्तरीको बर्दिबास स्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपांग, बालमैत्री ५३ घरको एकीकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरिसकिएको बताउंनुभयो । उहांले ‘रौतहटको सन्तनगरमा बाढीपीडितको लागि ६ करोडमा निर्मित वस्ती माघ २१ गते हस्तान्तरण गर्ने बताउंनुभयो ।

हाल यस बिमा कम्पनीले सीमित भुक्तानी सार्वधिक जीवन बीमा योजना, सार्वधिक लघु जीवन बीमा योजना र वैदेशिक रोजगार जीवन बीमा योजना सञ्चालन गर्ने भएको छ । कार्यक्रमका सभाध्यक्षता सन नेपालका सिइओ राजकुमार अर्यालले गर्नुभएका थिए भने सन नेपालका महाप्रबन्धक कमलराज गौतम, नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वर गुप्ता, पत्रकार महेश सिंहलगायतले शुभकामना मन्तव्य राख्नुभएका थिए ।

यसैबीच शीतलहर पीडित सिरहाको धनगढीमाई –१३, भर्लेनीका एक सय २५ परिवार सदाय (मुसहर) तथा दलित परिवार र गोलबजार नपा १० धोवीयाधारका ६० परिवार सदायहरुलाई सीताराम कट्टेल ‘धुर्मुस’ ले कम्बल वितरण गरेका हुन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्