रौतहटमा दुई दिवसीय नि:शुल्क स्वास्थ शिविर सम्पन्न
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।फागुन १२ । रौतहट जिल्लाको राजदेवी नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा भी एस ओको आर्थिक सहयोग र माण्डवीको आयोजनामा दुइ दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चिसो मौसमको समाप्ति पछि गर्मी मौसमको आगमन हुनलाग्दा हुने विभिन्न किसिमको संक्रमण रोक्ने उदेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । दुर्गाभगवती गाउपालिका वार्ड नंबर १ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरको गाउँपालिका प्रमुख अरुण कुमार साह उदघाटन गरेको आयोजकले

जनाएको छ । जिल्ला जनस्वाथ्य कार्यालयको सहभागिता समेत रहेको शिविरमा जेनरल मेडिसिन्स ,आँख ,कानको चिकित्सकहरुको टीमले २९० जनाको स्वास्थ्य परिक्षण गरेको थियो । शिविरमा आएका वृद्ध जेष्ट नागरिकलाइ उपचारको साथै दोसल्ला ओढाएर सम्मान गरिएको जनस्वास्थ्य कार्यालयका अधिकृत नागेश्वर जैसवालले बताएका छन । जनस्वास्थ्य कार्यालयका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रम अन्तरगत ८५ वर्ष माथिका बृद्ध बृद्धालाइ मधुमेह , मुटुरोग ,दीर्घकालीन स्वास प्रस्वास डीएमए रोग ,कान आँखको ल्याव परिक्षण गरी निशुल्क औषधि उपलब्ध गराइएको आयोजक माण्डवीले जनाएको छ ।यूकेऐडको सहयोगमा भएको शिविरमा दुइ दिनमा ५ सय ६ जनको स्वास्थ्य परिक्षण गरिएको सस्थाका कंचन साहले बताएका छन ।शुक्रवार राजदेवी नगरपालिकाको वार्ड नंबर ९ ब्रह्मपुरीमा २१७ जनाको निशुल्क स्वास्थ्य जांच गरिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्