सहिदहरुको सम्झनामा सहिद दिवस मनाईयो
Advertise Here Book Now

जनकपुरधाम, ९ फाल्गुन ।
धनुषाको शहीदनगर नगरपालिकामा बुधबार स्थानीय शहीद दिवस मनाएर शहीदहरुलाई स्मरण गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन भईरहँदा २८ वर्ष अगाडि २०४६ साल फाल्गुन ९ गते राज्य पक्षबाट मारिएका तीन जना महिला सहित पाँच जना शहीदको स्मरणमा बुधबार शहीद स्मृति पार्कमा शहीदहरुको सालिकमा माल्यार्पण गरिएको छ ।
शहिदनगर नगरपालिका वडा नं. ३ यदुकुहामा महिला शहीद स्मृति पार्कमा शहीदहरुको शालिकमा फुलमाला, अविर लगाई स्थानीय सहिद दिवस मनाइएको हो । संघीय समाजवादी फोरम नेपालका युवा नेता एवं धनुषा निर्वाचन क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया, पुर्वसांसद् शिवधारी यादव लगायतले शहीदहरुको प्रतिमा माल्यार्पण गरे । शहीदनगर नगरपालिका वडा नं। ३ का वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डल को अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य अरगरीयाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्बसांसद शिबधारी यादव, सुशील साह, राजेश यादव, भोलानाथ यादव, श्रीनारायण यादव, देवेन्द्र गोइत, बिष्णुदेव यादव, मनोज कुमार दास, उपेन्द्र ठाकुर लगायतले आ–आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रममा शहीद परिवारहरुलाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
२०४६ साल फाल्गुन ९ गतेको जनआन्दोलनमा प्रजातन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा प्रहरीको गोली लागि मुनेश्वरी देबी यादव, जानकी देबी यादव, सोनाबती देबी यादव र उदय शंकर मण्डलले सहादत प्राप्त गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्