फोहोर व्यवस्थापनमा वडाध्यक्ष यादव र युवाको अग्रसरता
Advertise Here Book Now


दिलिप सहनी
सिरहा,माघ २१ गते । सिरहा नगरपालिका–१ का वडाध्यक्ष महेश कुमार यादवले वडाभरीको फोहोर व्यवस्थापन  फोहोर व्यवस्थापनमा वडाध्यक्षको अग्रसरतामा अग्रसरता देखाएको छ । वडा भरीको फोहोर व्यवस्थापनबारे चासो राख्दै सिरहा  नगरपालिका कार्यालयसँग छलफल गरेका हुन् ।
एक नम्बर वडामा ३÷४ दिन देखि सार्वजनिक स्थानको फोहोर व्यवस्थापनमा कमी देखेपछि अग्रसरता लिएर नगरपालिका कार्यालय सिरहामा पुगि  सरसफाई तथा खुल्ला दिशामुक्त अभियान तथा बाताबरण शाखा प्रमुख  सुरेश चोरवार र सरसफाई गर्ने जिम्मा पाएका अन्य कर्मचारीहरुसँग छलफल गरेको हो । ‘वडा सरसफाईमा आफुबाट हुने हरेक दृष्टिकोणबाट सक्दो सहयोग गर्नेछु,’ उनले भने ।
दैनिक रुपमा विहान पाँच देखि सात बजेसम्म समयक्रम अनुसार बजार र ग्रामिण भेगमा गई सार्वजनिक स्थानहरु सफा गरिने छलफलबाट समय तय भएको उनले थपे,‘तोकिएको ठाउँमा फोहोर नफाली अन्य फालियो भने जरिवाना गरिनेछन् ।’ वडा कार्यालय तथा नगरपालिका कार्यालयले निर्धारण गरेको स्थानमा तोकिएको समयमा फोहोर फाल्न उनले सबैसँग आग्रह गरे ।
क्रमिक रुपमा वडाको टोल तथा बस्तीमा सरसफाई अभियानलाई तिब्र रुपमा अगाडि बढाउने उनले प्रतिबद्धता जाहेर गर्दै यस पवित्रमुखी अभियानमा आ–आफ्नो स्थानबाट सकारात्मक सहयोग गर्न उनको आग्रह छ । ‘कसैको एकल प्रयासमा विकास हुँदैन् यसमा धेरैभन्दा धेरै उपभोक्ताको सक्रियता चाहिन्छ,’ उनको भनाई छ ।यसै गरी आज सिरहाको सुब्बा पोखरीलाई पनि सरसफाई गरेका छन ।युवा जितेश कर्ण र स्थानीय अमर कुमार पासवानले वरिपरि भएको फ़ोहोरलाई व्यवस्थापन तथा  सरसफाई गरेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्