धनुषाको सहिदनगर नगरपालिकामा पनि जनयुद्ध दिवस मनाईयो
Advertise Here Book Now


नरेशचन्द्र बरबरिया
धनुषा, १ फागुन ।
तत्कालिन नेकपा माओवादीले २०५२ सालबाट सुरु गरेको जनयूद्धको स्मृतिमा विभिन्न माओवादी घटकहरुले धनुषामा समेत २३ औँ जनयूद्ध दिवस मनाएका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्रले जनयूद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको थिय सहिदनगर नगरपालिकामा जनयुद्ध दिवस मनाईएको छ ।

सहिदनगर नगरपालिकाको वडा न.८को डुमरिया चौकमा अबस्थित सहिद क।सुर्यनाथ राणको सालिकमा टिका,माल्यअर्पन गरी २३ औं भव्यताका साथ  जनयुद्ध दिवस मनाईएको हो ।



पोलीटी ब्यूरो सदस्य असर्फी भिन्वारको प्रमुख आतिथ्यमा बिशिस्ट अतिथि शहिदनगर नगरपालिकाका मयर उदय कुमार बरबरिया वडा न.८ का वडा अध्यक्ष तनुकलाल यादव,वडा न. २ का वडा अध्यक्ष जैसी भिनबार, माओवादी केन्द्रका युवा नेता बलराम बिराजी, रामकिशोर पासवान,सुरेश कापर,सुरेन्द्र राई,बैद्यनाथ मन्डल   लगायत स्थानीय बासीहरुको सक्रियता तथा युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।



कार्यक्रममा बोल्नुहुदै मेयर बरबरिया देशमा भएको परिवर्तनको सुरुवात जनयुद्ध मार्फत नै भएको बताए ।


यता जनकपुरमा भने नेकपा माओवादी केन्द्रको दुवै खेमाले अलग अलग रुपमा जनयूद्ध दिवस मनाएका छन् भने नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपाले संयूक्तरुपमा मनाउने गर्दछ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्