जनकपुरमा युवाले गरे सिरिया आक्रमणको बिरोध
Advertise Here Book Now

जनकपुरधाम, १४ फल्गुन ।
सिरियामा भएको बीभत्स हत्या बारे जनकपुरका युवाले कडारुपमा एकजुट हुन आह्वान गरेका छन् । सिरियामा मानवअधिकार विरुद्ध भएको आक्रमणको विरोधमा जनकपुरमा परिवर्तनका लागि यूवा अभियान र जानकी यूवा क्लबले संयूक्तरुपमा श्रद्धाञ्जली एवं शोक सभा गरेका छन् ।
सोमबार जनकपुर स्थित जानकी मन्दिर प्राङ्गणमा मोमबत्ती प्रज्वलन गरि जानकी युवा क्लबको अध्यक्ष बिट्टु पजियारको अध्यक्षता भएको हार्दिक श्रद्धाञ्जली एवम् शोक सभामा परिवर्तनका लागि युवा अभियानका संयोजक सुशील कर्णले हतियार व्यापारी र युद्ध उन्माद्कहरुको आतंककारी गतिविधिले निर्दोश बालबालिका तथा सर्वसाधारणलाई आतंकित पार्दै सिरियामा गरेको बर्बर नरसंहारको घोर भत्र्सना गरेका छन् ।

त्यस्तै क्लबका महासचिब मोहन रौनियारले बर्बर नरसंहारको कडारुपमा आलोचना गर्दै निन्दनिय कार्य तत्काल बन्द गरि साम्राज्यवादी सोच त्यागी शान्तिपुर्णरुपमा सर्वसाधारणलाई बाच्न देउ भन्दै बिन्ती गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्