लहानमा प्रेसर कुकर बम विष्फोट , एक जना घाइते
Advertise Here Book Now


गणेश कुमार ठाकुर (शर्मा)
 सिरहा, १० फाल्गुन । सिरहाको लहानमा बम विस्फोट भएको छ ।सिराहको लहान नगरपालिका १ मुख्य चोकमा रहेको शुभ लाभ किराना स्टोरको अगाडि कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट स्टोरका संचालक अनिल अग्रवाल घाइते भएका छन् ।विस्फोटबाट किराना पसलको काउण्टरमा सामान्य क्षति पुगेको छ । विस्फोटमा घाइते भएका अग्रवाललाई लहानस्थित जय मातादी पोलिक्लिनिकमा उपचार भइरहेको छ ।विस्फोट स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी गोइत समूहको हस्ताक्षर गरिएको पर्चा भेटिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बताए ।
बम बिस्फोट भएपछि लहानका व्यापारीहरू त्रसित बनेका छन् । यता प्रहरीले विस्फोट गराउने समूहको खोजी गर्नका लागि लहानमा व्यापक प्रहरी परिचालन गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्