लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ
Advertise Here Book Now

सिरहा , फागुन १४  । भारतिय अपराधीक प्रवृतीका व्यक्तिहरुले ठगी गर्ने पुर्व योजना बनाई नेपालका सोझा साझा व्यक्तिहरुलाई लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ परेका छन् ।

Whatsapp, IMO, Viber, Facebook, जस्ता सामाजिक संजाल र SIM मार्फत रु २५,०००,००।–(पच्चीस लाख) को लट्री जित्नु भएको छ भनी फोन तथा म्यासेजबाट बधाई समेत दिई बैक खाता नम्बर तथा परिचय खुल्ने कागजात समेत सोही सामाजिक संजाल मार्फत पठाउन लगाई विश्वासमा पारी ठगी गर्ने गरेको प्रहरीले जनाएका छन् ।

लट्री बापतको कर (Tax) नेपाल सरकारलाई तिर्नु पर्ने रकम जम्मा गरे पछि मात्र उक्त रकम खातामा जम्मा हुने कुरा बताई, IME तथा अन्य बैंक मार्फत पैसा पठाउन लगाई ठगी गरि रहेको भन्ने सुचनाको आधारमा उनिहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका छन्।

जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१५ स्थित न्यू बीरगंज मनि ट्रान्सफरमा पुग्दा सोही मनि ट्रान्सफर भित्र रकम निकाली शंकित रुपमा कुराकानी गरी बसी रहेको अबस्थामा उक्त कार्यमा संलग्न निम्न ३ जना व्यक्तिहरुलाई पक्राउ गरेका छन् ।

निजहरुको साथबाट ठगी गर्ने कार्यमा प्रयोग गरिएको सिम सहितको मोबाइलहरु, स्रोत खुलाउन नसकेको नगद, विभिन्न मनि ट्रान्सफर तथा बैंकको भौचरहरु, नागरिकता तथा नागरिकताको फोटोकपीहरु समेतका कागजातहरु फेला पारी बरामद गरी यस कार्यालयमा ल्याई ठगी तथा संगठित अपराध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जनाएका छन् ।

                           पक्राउमा परेका व्यक्तिहरुः–
१. जि. सुर्खेत विरेन्द्रनगर न.पा.वडा नं.७ बस्ने नर बहादुर थापाको छोरा बर्ष २४ को भिम बहादुर थापा
२. जि. दैलेख, गुरास गाउँपालिका बडा नं.४ बस्ने भिम बहादुर सिजालीको छोरा बर्ष २२ को विष्णु सिजाली मगर
३. भारत विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला कुमरिया बस्ने मसौद अलीको छोरा बर्ष २० को असरफ अली

                           बरामद दशीहरुः–
१) नगद नेपाली रु ३५,०००।–(पैतिस हजार) ।
२) भारतीय रु ३०२०।–को नेपाली तर्फ परिवर्तन गर्दा आजको दर भाउँ अनुसार नेपाली रु १००।–को  
   भा.रु.१६०।–को दरले जम्मा रु ४८३२।–
३) विष्णु सिजाली मगरको सक्कलै नागरिकता प्रमाणपत्र थान–१
४) भिम बहादुर थापाको सक्कलै नागरिकता प्रमाणपत्र थान–१

नोटः-ठुलो धनराशिको पुरस्कार परेको भन्दै विभिन्न सामाजिक संजाल (Whatsapp, IMO, Viber, Facebook) बाट ठगी गरेको पाईएकोले प्रलोभनमा नपर्न र सचेत रही तत्काल प्रहरीमा जानकारी गराउन हुन सर्वसाधारणहरुमा सुचित गरिन्छ । ठगी गर्ने गिरोह पक्राउ

सिरहा , फागुन १४  । भारतिय अपराधीक प्रवृतीका व्यक्तिहरुले ठगी गर्ने पुर्व योजना बनाई नेपालका सोझा साझा व्यक्तिहरुलाई लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ परेका छन् ।

Whatsapp, IMO, Viber, Facebook, जस्ता सामाजिक संजाल र SIM मार्फत रु २५,०००,००।–(पच्चीस लाख) को लट्री जित्नु भएको छ भनी फोन तथा म्यासेजबाट बधाई समेत दिई बैक खाता नम्बर तथा परिचय खुल्ने कागजात समेत सोही सामाजिक संजाल मार्फत पठाउन लगाई विश्वासमा पारी ठगी गर्ने गरेको प्रहरीले जनाएका छन् ।

लट्री बापतको कर (Tax) नेपाल सरकारलाई तिर्नु पर्ने रकम जम्मा गरे पछि मात्र उक्त रकम खातामा जम्मा हुने कुरा बताई, IME तथा अन्य बैंक मार्फत पैसा पठाउन लगाई ठगी गरि रहेको भन्ने सुचनाको आधारमा उनिहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका छन्।

जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१५ स्थित न्यू बीरगंज मनि ट्रान्सफरमा पुग्दा सोही मनि ट्रान्सफर भित्र रकम निकाली शंकित रुपमा कुराकानी गरी बसी रहेको अबस्थामा उक्त कार्यमा संलग्न निम्न ३ जना व्यक्तिहरुलाई पक्राउ गरेका छन् ।

निजहरुको साथबाट ठगी गर्ने कार्यमा प्रयोग गरिएको सिम सहितको मोबाइलहरु, स्रोत खुलाउन नसकेको नगद, विभिन्न मनि ट्रान्सफर तथा बैंकको भौचरहरु, नागरिकता तथा नागरिकताको फोटोकपीहरु समेतका कागजातहरु फेला पारी बरामद गरी यस कार्यालयमा ल्याई ठगी तथा संगठित अपराध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जनाएका छन् ।

                           पक्राउमा परेका व्यक्तिहरुः–
१. जि. सुर्खेत विरेन्द्रनगर न.पा.वडा नं.७ बस्ने नर बहादुर थापाको छोरा बर्ष २४ को भिम बहादुर थापा
२. जि. दैलेख, गुरास गाउँपालिका बडा नं.४ बस्ने भिम बहादुर सिजालीको छोरा बर्ष २२ को विष्णु सिजाली मगर
३. भारत विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला कुमरिया बस्ने मसौद अलीको छोरा बर्ष २० को असरफ अली

                           बरामद दशीहरुः–
१) नगद नेपाली रु ३५,०००।–(पैतिस हजार) ।
२) भारतीय रु ३०२०।–को नेपाली तर्फ परिवर्तन गर्दा आजको दर भाउँ अनुसार नेपाली रु १००।–को  
   भा.रु.१६०।–को दरले जम्मा रु ४८३२।–
३) विष्णु सिजाली मगरको सक्कलै नागरिकता प्रमाणपत्र थान–१
४) भिम बहादुर थापाको सक्कलै नागरिकता प्रमाणपत्र थान–१

नोटः-ठुलो धनराशिको पुरस्कार परेको भन्दै विभिन्न सामाजिक संजाल (Whatsapp, IMO, Viber, Facebook) बाट ठगी गरेको पाईएकोले प्रलोभनमा नपर्न र सचेत रही तत्काल प्रहरीमा जानकारी गराउन हुन सर्वसाधारणहरुमा सुचित गरिन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्