सिराहको बिडी कलेजमा विद्यार्थी देखी शिक्षक सम्म विवाद नै विवाद
Advertise Here Book Now


गणेश कुमार ठाकुर(शर्मा)
सिरहा, माघ २४ गते   । मिर्चैयामा एक मात्र रहेको ब्रह्मचारी दामोदरानन्द कलेजमा बिद्यार्थीहरुले गरेको तालाबन्दी अझै खुल्न सकेको छैन् । विगत केहि दिन देखी कलेजमा विद्यार्थीहरुले नियमित रुपमा पठनपाठनको माँग गर्दै आज (बुधबार) देखि कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । कलेज प्रमुख संजय कुमार साहले मंगलबार कलेजमा आएर बुधबार आबश्यक छलफल गरि नियमित रुपमा कक्षा संचालन गर्ने बताएपनि नआएपछि आकोशित बिद्यार्थीहरुले कलेजमा अनिश्चितकालिन तालाबन्दी गर्नुका साथै तोडफोड गरेका छन् । कलेज प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर फालेर तालाबन्दी गरेको बिद्यार्थी लक्ष्मेश्बर कापरले बताए ।
 पठनपाठन लामो समयदेखि नियमित रुपमा संचालन नभएको भन्दै पटक– पटक कलेज प्रशासनलाई जानकारी गराएपनि कुनै सुनुवाई नभएकोले बाध्य भएर  तालाबन्दी गर्नु परेको अर्का बिद्यार्थी अरबिन्द सहनीले बताए । कलेजका प्रमुख साहले एकलौटी रुपमा कलेज संचालन गरी बिद्यार्थीको भबिष्यमाथी खेलबाड गरिरहकोले तालाबन्दी गर्नु परेको अर्का बिद्यार्थी रबिन साहले आरोप लगाए । आफुहरुले लामो समयदेखि कलेजको शैक्षिक, आर्थिक, ब्यबस्थापकीय सुधारको माँग गरेपनि कलेज प्रशासनले ध्यान नदिदा बाध्य भएर तालाबन्दी गर्नु परेको कलेजमा अध्ययरत बिद्यार्थीहरुको भनाई रहेका छन् । बिषयगत शिक्षक बिना नै आफुहरुलाई अध्ययन गर्न बाध्य बनाएको उनीहरुको आरोप रहेका छन् । कलेजले माँग पुरा नगरेसम्म तालाबन्दी जारी रहने बिद्यार्थी लक्ष्मेश्बर कापरले चेताबनी दिएका हुन् । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले बिद्यार्थीहरुको समस्या जायज रहेकोले आबश्यक समन्वय गरि निकास दिने बताए । कलेज प्रशासनले अटेरी गरे सम्बन्धित निकायसंग छलफल गरि समस्या समाधान गर्ने समेत नगर प्रमुख यादबले स्पष्ट गरे । कलेजले आफुखुसी बिना बिज्ञापन शिक्षक भर्ना, त्रिबि नियम बिपरित मनोमानी ढंगले शुल्क बृद्धि र बिषयगत शिक्षक नराखेको जस्ता काम गर्ने गरेको बिद्यार्थीहरुको आरोप रहेका छन् ।प्रमुख साहको लापरवाहीको कारणले कलेजको अबस्था दिनानुदिन खस्किदै गएको भन्दै बिद्यार्थीहरुले यसअघि पनि तालाबन्दी गरेका थिए । यता, कलेज प्रमुख साहसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्