टेलिकमले नमस्ते क्रेडिट सेवा नामको ‘ब्यालेन्स सापटी’ शुरु गर्ने
Advertise Here Book Now

काठमाडौं । सरकरी स्वामित्विको नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिनकालागि नमस्ते क्रेडिट सेवा नामको ‘ब्यालेन्स सापटी’, शुरु गर्ने भएको छ । आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ को सफ्ट लञ्च गरेको टेलिकमले एक महिनाभित्रै यो सेवा सञचालनमा आउने जनाएको छ ।
टेलिकमले ल्याउन लागेको योसेवासँगै प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । अन्इ कम्पनिले ल्याएको यस्तोसेवा युवा पुस्ताले खुबै मनपराएको पाएप्छि टेलिकमले पनि त्यसैलाई पछ्याउँदै ‘पैँचो’ लिने सेवा सुरु गर्न लागेको हो ।
टेलिकमको वार्षिकोत्सव कार्यक्रमका अवसरमा शोकवार कम्पनिको प्राङगणमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूआत गरे । यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी रहेको कम्प्निले जनाएको छ । कम्पनिका अनुसार ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको हो । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।
कार्यक्रममा सञ्चारमन्त्री वस्नेतले टेलिमले जनचाकोचाहना अनुरुपको प्रभावकारी र गुणस्तरीय सेवा दिन सक्नुपर्ने आवश्यकता औंल्याए । त्यसक्रममा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमको विविध पक्षमाथि प्रकाश पारेकी थिइन् । टेलिकमको वार्षिकोत्सवका अवसरमा कम्पनिमा विभिन्न तरिकाल ेयोगदान पु¥याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्