नेपाल भनेको ‘पहाड र हिमाल मात्र’ ,भिजिट मधेशको आवश्यकता’
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, २१ फागुन । ‘भारत बाहेक साढे तीन लाख विदेशी पर्यटन नेपाल आउंने गरेको छ’ तर, ‘मधेशमा उनीहरुको प्रवेश हुंदैन’ लिडिंग हान्डस् फोर बेटर फ्यूचरका अध्यक्ष राज सर्राफले बताउंनुभयो । मधेशमा विकासको चेतना जगाउंने उद्देश्यले आज लहानमा सर्राफले ‘मधेशको पहिचान, संस्कृति संस्कार र पर्यटनक्षेत्रलाई विश्वमा चिनाउंनको निम्ति भिजिट मधेशडटकम मार्फत विदेशीहरुलाई आकर्षण गराउंने’ उहांले बताउंनुभयो । 
‘समृद्ध नेपालको लागि समृद्ध मधेश’ नारा दिंदै मधेशको विकासको लागि स्थानीय रोजगारी, स्थानीय बजार, धार्मिकोत्सव, जातजातीलगायत विकासको मुल धार तयार गर्न ग्लोबल मधेशी कन्फ्रेन्स गरेर अन्तर्राष्ट्रिय लगानीको ढोका खोल्ने सर्राफले बताउंनुभयो । मधेश विकासको लागि २०१८ भिजिट मधेश अभियान संचालन गर्दै सर्राफले ‘सत्यतथ्य आवश्यकताको आधारमा मधेशको उपहार विदेशी पाहुनाले पाउंन सकियो अनि मधेशको शिक्षा, स्वास्थ्य, निर्माण विकासको ढोका खोल्ने’ उहांले बताउंनुभयो । कार्यक्रममा ओमप्रकाश सर्राफले मधेश विकासको लागि विदेशी आगन्तुकहरुलाई मधेशमा प्रवेश गराउंने ढोका खोल्ने तयारीमा रहेको बताउंनुभयो । कार्यक्रममा मधेशको २० जिल्लाको ऐतिहासिक पौराणिक स्थलको महत्ववारे जानकारी गराएका थिए ।
भिजिट मधेशडटकमको अन्तरक्रिया कार्यक्रममा नेपाल भनेको ‘पहाड र हिमाल मात्रै रहेको हो’ ,‘मधेश भनेको विदेशीहरुलाई कुनै जानकारी नभएकोले यहां विदेशीहरु भिजिट गर्न नआएको’ चर्चा गरिएको थियो । जहां नेपाल पर्यटन बोर्डमा मधेश भिजिटवारे अन्यौल राखिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ता, डा.विजेन्द्र यादव, लहान नगर विकास समितिका अध्यक्ष विष्णुलाल साह, संजय यादव, राजपाका केन्द्रीय सदस्य राकेश झा, सहित्यकार अर्जुन दर्दिला, पत्रकार यमुना खनाल, फिरोज सिद्दिकी, जागेश्वर यादव, एलएमसी कांलेजका प्रिन्सिपल मनोज कर्ण, समाजसेवी पविना सिंहलगायतका रहेका थिए । कार्यक्रमका सभाध्यक्षता शिवकुमार साहले गरेका थिए ।
नवसंग्राम दैनिक

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्