धनुषामा एसईईको गणित विषयको पश्नपत्र आउट, बाहिर चीट बन्दै भित्र परीक्षार्थी लेख्दै
Advertise Here Book Now

धनुषा– एसईईको परीक्षाको तेश्रो दिन धनुषामा गणित विषयको परीक्षा सुरु हुनासाथ प्रश्नपत्र आउट भएको छ । सबैला नगरपालिकाको फकिरचन्द्र गामी उच्च माबि परीक्षा केन्द्रबाट परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका हुन् ।
विद्यार्थीहरुले चिट चोर्न भाइवरको मेसेन्जर र इमोको प्रयोग गर्दै परीक्षा हलबाट प्रश्नपत्र आउट गरेका हुन् । प्रश्नपत्र आउट भएपछि बाहिरबाटै परीक्षार्थीका आफन्तहरुले चिट तयार गरेर भित्र पठाउन थालेका छन् ।
बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षा केन्द्रमा पुगेका सञ्चारकर्मी जितेन्द्र रामले भाइवरबाट आएको प्रश्नपत्र र चिट फेला समेत पार्नुभएको छ ।
धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले भने परीक्षा हलबाट प्रश्न पत्र आउट नभएको दाबी गर्नुभयो । तर कुनै परीक्षार्थीले प्रश्नपत्र मोबाइलमार्फत आउट गरेको हो भने त्यसको विषयमा आफूहरुले अनुसन्धान गर्ने बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्