मिर्चैया नगरपालिकाका मेयर यादवको मनोमानीविरुद्ध आन्दोलन सुरु, स्थानीयले थाले धर्ना
Advertise Here Book Now





सिराहा, १२ चैत । मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवकै नेतृत्वमा सम्बन्धित वडा कार्यालयहरुले सुचना लुकाउन थालेपछि स्थानीयले नगरपालिकाका वडाहरुमा आन्दोलन थालेका छन् ।

मेयर यादवसहित वडाध्यक्षहरुले मनोमानी गर्न थालेपछि मिर्चैया नगरपालिकाका वडाहरुमा आन्दोलन थालेका हुन् । पटकपटक मेयर यादव सहित वडाध्यक्षहरुले सुचना लुकाउने जस्ता अन्य कामहरुमा मनोमानी गरेपछि हाल वडा नं. ७ का स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् ।

विभिन्न माग राखी उनीहरु अहिले नगरपालिकाको विरुद्ध आन्दोलनमा छन् ।

हेर्नुस्, उनीहरुले राखेका मागहरु ।

– बिना सूचना प्रकाशन र आम भेला नै नगरि अवैध तरिकाले बनाएको समिति विघटन गरि अबिलम्ब आम भेलामार्फत नयाँ समिति कायम गर।

-वडा कार्यालयमा अविलम्ब नागरिक बडा पत्रको व्यवस्था गर।

-वडा कार्यलयमा सेवा बापत् कुन शीर्षकमा कति तिर्नुपर्ने सहितको फ्लेक्स बोर्डको व्यवस्था गर।

-सेबाग्राहीबाट लिने सेवा बापत् शुल्कको रसिद विद्युतीय प्रनालिबाट दिने व्यवस्था गर ।

-आर्थिक बर्ष ०७४७५को लागि वडामा कुन–कुन शीर्षकमा के कति रकम विनियोजन गरिएको छ, पारदर्शी ढंगबाट सार्वजनिक गर ।

-कार्यालय समयमा जनप्रतिनिधी नहुँदा टाढा टाढा बाट सिफारिस लिन आउने सेबाग्राही अध्यक्षको हस्ताक्षर गराउन निकै कुर्नुपर्ने वा एउटै कामको लागि कयौँ दिन धाउनुपर्ने भएकाले ले नियमित अफिस समय भित्र बस्ने वातावरण सिर्जना गर ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्