ईण्डो नेपाल क्रिकेट प्रतियोगितामा भारतिय पत्रकार बिजय
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।फागुन २५। रौतहट जिल्लाको गौरमा राजदेवी मिडिया सेन्टर र भार्तीय माहाबाणिज्य दुतावास बिरगंजको संयुक्त अायोजना भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको बिजेता भार्तिय पत्रकार भएका छन।हरेक साल जस्तै यो साल पनि मै

त्रीपूर्ण क्रिकेट प्रतियोगितामा भार्तीय पत्रकार टिमले जितेका छन।सो कार्यक्रमको प्रमुख अतिथि माहाबाणिज्य दुतावास बिरगंजका बि.सि प्रधान तयस्तै बिशिस्ट अतिथिमा गौर नगरपालिकाका मेयर अजय गुप्ता, उप प्रमुख किरण ठाकुर,राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंह,जिल्ला समन्वय समितिका सभापति रामएकवाल यादव त्यस्तै अतिथिमा वडा अध्यक्ष भरत साह,राकेश झा,नेपाल पत्रकार माहासंघ रौतहटका अध्यक्ष रबिन्द्र साह सहित अन्य नेता तथा प्रतिनिधिहरुको उपस्थिति रहेका थिए भने राजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार पटेलले अध्यक्ष्ाता गरेको थियो।नेपाल रौतहटका पत्रकार र भारत बिहारका पत्रकार बिच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाली पत्रकारको टिम टच जितेर १९ अोभरमा १३१ रन बनाई भार्तीय पत्रकार टिमलाई १३२ को टारगेट दिएका थिए। भार्तीय पत्रकारका टिमले यस भन्दा पहिलाको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाली पत्रकार टिम संग हारेका थिए।यस पालि १३१ रन लाई पछाड्दै भार्तीय टिम १६ अोभरमा ४ बिकेट गुमाई जित हासिल गरेका छन। अाज भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा ४ बिकेट लिई १० बलमा १४ रन बनाई अवु सलमान मैन अफ द मैच बनेका छन। यस्तो मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हरेक साल भाइ चारा र साथीहरूको नाताले खेल्ने गरिन्छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्