पत्रकारले प्रयोग गर्दै आएको सामाग्री चोरी, लहान प्रहरीको फितलो अनुसन्धान
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, २९ फागुन । नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष, प्रेस मञ्च नेपाल सिरहा शाखाका अध्यक्ष तथा हिमालिनी पत्रिकाका सिरहा र सप्तरी प्रतिनिधि मनोज बनैताको घरबाट मिडियामा प्रयोग हुने सामाग्री चोरी भएको एक सत्ता भन्दा बढी भएको छ ।
चोरी भएको एक सत्ता वितिसक्दा पनि लहान प्रहरीले चोर खोज्न नसकेको चर्चाको विषय बनेको छ । फागुन २१ गते मध्यरातीमा पत्रकार बनैताले प्रयोग गर्दै आएको ल्यापटप, मुभी क्यामेरालगायत नगद गरी लगभग २ लाख बराबरको सामान चोरी भएको हो । पत्रकारले प्रयोग गर्दै आएको उक्त सामाग्रीहरु चोरी हुनु निजको पत्रकारितामाथी अंकुश लगाउने जुन दुस्प्रयास भएको छ त्यसप्रति प्रेस मन्च नेपाल घोर भत्र्सना गर्दै विज्ञाप्ती जारी गरेको छ । चोरी भएको सत्ता वितिसक्दा पनि लहान प्रहरीले चोर र चोरिएको सामाग्री फेला पार्न नसक्नु फितलो अनुसन्धान भएको ठहर जारी विज्ञाप्तीमा उल्लेख छ । यसवारे ईलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दलाई सम्पर्क गर्दा उहांले ‘यो चोरी सम्बन्धमा सम्पूर्ण जिम्मा इन्स्पेक्टर युगेश्वर राउतलाई दिइएको हो ।’ ‘अनुसन्धान जारी छ ।’‘ बर्षो लाग्न सक्छ ।’ उता, पत्रकार मनोज बनैताले इन्स्पेक्टर राउतसंग सम्पर्क गर्दा राउतले ‘अनुसन्धान जारी छ ।’‘तुरुन्तै कहां पाउंछ र’ भने गरेका छन् । समाचारको विषयमा इन्स्पेक्टर राउत र पत्रकार मनोज बनैताबीच ढेड महिनादेखि खटपट रहेको छ । मिडियाको लागि प्रयोग हुने सामग्री लगायत चोरी भएको समानहरु यथासिघ्र पता लगाउन प्रहरी प्रशासनसंग जोड्दार गर्दै चोरी गतिविधिमा लागेकालाई यथाशिघ्र कार्यवाही गर्न प्रेस मञ्च नेपाल जोड्दार माग गरेको छ । अन्यथा प्रेस मञ्च नेपाल आन्दोलमा जाने जारी विज्ञाप्ति उल्लेख छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्