धनुषाको हौवाहीमा आगलागी हुदा लाखौको क्षती
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया धनुषा चैत १८ गते ।
धनुषाको सहिदनगर नगरपालिका वार्ड नम्बर ४ हौवाही टोलमा आज एकजना परालको घरमा भीषण आगलगी भएको छ।शहिदनगर नगरपालिका वार्ड नम्बर ४ हौवाही टोलमा बस्ने स्थानीय गणेश यादव र सत्यनारायण यादवको परालको घरमा आज दिउँसो आगलागी भएको हो।आगलागीमा घरमा राखिएको दाल, चामल,लत्ताकपडा लगायत का समानहरु जलेर सखाप हुदा करिब ३ लाख बराबरको धनमाल नष्ट भएको  छ भन्ने कुनै बिसिमको मानव क्षेति नभएको स्थानीय विरेन्द्र यादवले जानकारी दिएका छन।


आगो लगदा स्थानीय वासिन्दाहरुको सहयोगमा घरमा लागेको आगोलाई पानीले निभाएका थिए ।आगो निभाउनको लागी शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया जानकारी पाउने बितिकै हौवाही पुगि सबैला नगरपालिका बारु नियन्त्रणलाई समयमै खबर गरे पछि समय मै आगो नियन्त्रणमा आएको थियो भने शसस्त्र प्रहरी बेस क्याम्प यदुकुहाका टोलिले पनि सक्रियतामा आगो नियन्त्रण गर्न सफल भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्