सिरहामा धुलोका कारण बजार प्रदुषित स्थानीय सरोकार मौन
Advertise Here Book Now



नरेशचन्द्र बरबरिया सिरहा,बैशाख ०१ गते ।
सिरहा नगरपालिकाको वडा न.१७ को मेन रोड खैरटोका देखि माडर सम्म  रहेको बस पार्कको रोड  रोडको धुलोले प्रदुषित बनेको छ । खैरटोका लगायत स्थानिय सिमावर्ती ईलाकाका वासिन्दाहरुलाई बाटोमा उडिरहेको धुलोका कारण सास्ती भोगनु परेको हो  उक्त बाटोमा आवतजावत गर्न सास्ती भैरहेको स्थानीयहरुको भनाई रहेको छ ।यस्तो अबस्थामा पनि जन सरोकारवाला मौन  दखिएको छ ।यसबाट सबारीसाधनहरुमा  दुर्घटना हुने  सम्भावना हुनुको साथै धुलोको कारण स्वास्थ्यमा समेत असर पर्ने गरेको  अवस्थामा सृजना भएको छ स्थानीय निकायले कुनै पनि किसिमको  कदमचालेको छैन ।मुल बाटो तिन महिना भित्र जे.सि.बी प्रयोग गरेर खन्ने काम र बाटो बिगार्ने काम मात्र गर्ने गरेको स्थानीय जफिर मियाले बताए ।स्थानीय स्तरको काममा पनि ठेकदारले लापरबाही गरेको आरोप छ । नालाको लागी तिन महिना पहिलै घर र पसलहरु बाटो खाली गराए पनि काम अधुरो रहेको स्थानीयको गुनासो छ ।र

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्