खिरौना सरसफाई अभियानमा जुटे युवाहरू
Advertise Here Book Now

दिलीप सहनी
सिरहा , २५ चैत्र । सिरहा नगरपालिकाको वडा न.१४ खिरौना,नवटोलिका युवाहरु सरसफाई अभियानमा जुटेका छन ।सनिवार देखि सुरुवात भएको सरसफाई अभियान साप्ताहिक सरसफाइ अभियान प्रत्येक सनिवार यसलाई निरंतरता दिने भएको छ ।
उक्त सरसफाई अभियान मधेश नेपाल युवा ट्रस्ट को आयोजनामा खिरौनाका विभिन्न ठाऊँहरुका फोहोर मैलाहरु  सरसफाई गरेको मधेश नेपाल युवा ट्रस्ट का संयोजक रमेश मण्डलले जानकारी दिए ।
संयोजक मण्डलका अनुसार उक्त सरसफाई अभियानमा स्थानीय युवाहरू लगायत बीओपी ब्यारेक खैरटोका सशस्त्र प्रहरी बलका जवानहरु ,नेपाल प्रहरीको बिशेष उपस्थिति रहेको उनले बताए  ।
युवाहरुको सोच र राम्रो बिचारले  उक्त सरसफाईको आयोजना गरेको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्