यी युवाहरु बाट अरुले सिकुन,तेस्रो हप्ता पनि सरसफाई
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया सिरहा,०८ गते । सिरहा नगरपालिकमा आज तेस्रो हप्ता पनि सरसफाईलाई निरंतरता दिएको छ।साप्ताहिक सरसफाइ अभियान अन्तर्गत आज सिरहा नगरपालिकाको वडा न.१४ प्रसाहीको सहलेश मन्दिर लगायत बाटोहरुमा सरसफाई थालियो । नेपाल युवा ट्रस्टका संयोजक रमेश मन्डलको अगुवाईमा भएको उक्त सरसफाईमा सशस्त्र प्रहरी बल खैरटोका ईस्पेक्टर संजय रेग्मी,असय अशोक यादवको अगुवाईमा गएको टोलिमा रहेका जबानहरु लगायत स्थानीय युवाहरुको सक्रियतामा सरसफाई गरेका थिए ।
यी युवाहरु बाटो अरुले पनि सिख्नु जरुरी छ आ-आफ्ना वरिपरिमा सरसफाई गर्नु भन्दा पनि फ़ोहोरलाई नियन्त्रण गर्नु आवश्यक रहेको संयोजक मन्डलले बताए। सप्ताहको हरेक शनिवार साप्ताहिक सरसफाईको निरन्तरता दिने र स्थानीय युवाहरुको आफु धेरै नै सहयोग गरेकोले मन्डल खुशी प्रकट गरे ।







Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्