लहानमा दिउंदै यौन धन्दा, दूई भारतीय पक्राउ
Advertise Here Book Now

लहान,जेठ १ गते । सिरहाको लहानमा दिउंसै व्यस्त बजारको एक लांजबाट निस्किएकी दूई यौनकर्मीसंग एक पत्रकारलाई भेट हुन्छ । पत्रकारले सोधे ‘किन यस्तो हतास भएर निस्किनुभयो ।’ ‘तिमीहरु के काम गर्छौ ।’ त्यतिकैमा तीन जना युवा आएर पत्रकार राजेन्द्र महतोलाई मुक्का बजारिहाले । त्यहां मान्छेको भिड् लागे । मुक्का बजार्नेहरु र यौनकर्मीहरु त्यहांबाट टाप हाने । यो घटना लहान ३ स्थित भगवती लांज अगाडि सोमबार  दिउंसो ४ बजेतीरको हो । पत्रकार राजेन्द्र महतोको आंखाको निधार र छातीमा गम्भिर चोट लागेको छ ।
 पत्रकार महतोले प्रहरीलाई जानकारी दिंदा भाग्दै गरेको दलालहरु मध्ये ईलाका प्रहरी कार्यालय लहानले दूई जनालाई पक्राउ गर्न सफल भएको छ भने एक जना नायके फरार रहेको छ । पक्राउ पर्ने भारत विहारको लौकहा बस्ने बब्लु ठाकुर र मो.जफुल राईन रहेका छन् । घटना ईलाका प्रहरी कार्यालयदेखि सय मिटर पूर्वको हो । जहां लांजहरुमा दिउंसै यौनधन्दा चल्ने गरेको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेशचन्द ठकुरीले यो घटना लगतै आफ्ना मातहातका प्रहरीहरुलाई यौनधन्दा भइरहेका क्षेत्रमा चेकजांच गर्न निर्देशन दिएका छन् । पक्राउ परेका यि दुवैमाथी सार्वजनिक अपराध सम्बन्धि मुद्दा दर्ता गरिएको छ । पत्रकारमाथी भएको घटनाको नेपाल पत्रकार  महासंघ सिरहा शाखाले घोर भत्र्सना गर्दै अपराधीलाई कडा कारवाही  गर्न जोडदार माग गरेको छ ।
 कोठा भाडा लिएर यौन धन्दा
 विगतमा प्रहरीले लांज र रेष्टुरेन्टमा चेकजांच बढाएपछि यौनकर्मीहरु तत्काल विस्थापित भएका थिए । केही समय उनीहरु कोठा भाडा लिएर यौन धन्दा संचालन गर्दै आएको एक विशेष स्रोतको दावी छ । यस्ता यौनकर्मीहरु लहानभित्र दूई दर्जन बढी रहेको छ । यस्ता महिलाहरु पीडित भएकै कारण यौन पेशामा संलग्न हुने गरेको स्थानीय गोपाल गुप्ता बताउंछन् ।
 यौन पेशामा लागेका महिलाहरु लहानको अस्पताल चौकको टोलहरु, लहान १ स्थित तरकारी बजारदेखि दक्षिण वस्तीहरुमा, ग्रामिण चौकको वस्ती र खुट्टी छेउछाउको वस्तीमा डेरा लिएर बस्ने गरेको गुप्ताको दावी छ । यि यौनकर्मीहरु होटल, लांज, चिया पसललगायतको सम्पर्कमा धन्दा गर्दै आएको छ । अस्पताल चौकको केही लांजमा दिउंसो र रात्री ग्राहकलाई आवश्यक परेको बेला सम्पर्कमा रहेका पसलेहरुबाट यौनकर्मीहरु उपलब्ध हुंदै आएको छ । एक स्रोतका अनुसार अस्पताल चौकमा ड्युटीमा रहेका प्रहरी र लांज, होटलवालहरुको मिलोमतोमा धन्दा हुंदै आएको छ । तर, ड्युटीमा रहेका केही प्रहरी मात्र चिसो, चिया, डबलमजाको कारण मौन बस्ने गरेका छन् । अधिकांश प्रहरी यस्ता क्रियाकलाप रोक्न सक्रिय रहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्