सडकका लागि डोजर चलाएर आफनो घर भत्कायो वडाध्यक्ष
Advertise Here Book Now

सिरहा, ३ ज्येष्ठ । सडकका लागि सिरहा नगरपालिका वडा न. १ का वडाध्यक्ष महेश यादवको सडक भित्र परेपछि डोजर चलाएर आफ्नो घर भत्काएका छन् । सडकमा हुनलागेको आरसीसी ढलानमा कुनै प्रकारको बाधा अवरोध हुन नदिनका लागि सबैभन्दा पहिलो आफ्नै घरमा डोजर चलाएर भत्काएको छ । वडा अध्यक्क्ष यसो भन्छन ‘विकास योजनामा सडक भित्र पर्ने घर नभत्काएकै कारण आरसीसी गर्न ढिलाई भएको र कुनै प्रकारको अबरोध नरहोस् भन्दै सबै भन्दा पहिला आफ्नै घर भत्काएको वडा अध्यक्क्षले बताए ।’

पुस्तकालय देखि एभरग्रीनसम्म बन्न लागेको उक्त सडकमा रहेको वडा अध्यक्क्षको घर सबै भन्दा पहिला भत्काएर शुभ संकेत दिएको स्थानीय सोनु महराले जनाएका छन् |
आ.व.२०७४/०७५ को योजनामा १५ लाखको लागतमा बन्न लागेको पुस्तकालय देखि एभरग्रीनसम्म  १ सय ५५ मिटर लम्बाई र ४ मिटर चौडाई भएको सडकमा ८ इन्चको ढलान हुने वडा अध्यक्क्ष महेश यादवले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्