मिर्चैयामा वृद्धा–आश्रम निर्माण हुने : मेयर यादब, पाँच सयभन्दा बढी जेष्ठ नागरिक सम्मानित
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०५ जेष्ठ । मिर्चैया नगरपालिकामा सुविधा सम्पन्न वृद्धा आश्रम निर्माण हुने भएको छ । असहाय, गरिब, दलित, अपांग, जेष्ठ नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले वृद्धाश्रम निर्माण गर्ने योजना रहेको मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताएका हुन् । शुक्रबार मिर्चैयामा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादबले गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकको बृद्धा अबस्थाको सहाराका लागि नगरपालिका भित्र बृद्धा आश्रमको आबश्यक्ता देखिएकोले निकट भबिष्यमा निर्माण गर्ने आश्वासन दिएका छन् ।


बृद्धा आश्रम निर्माण गरी गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकलाई स–सम्मान सहित बृद्धा आश्रममा राखी पालनपोषण गर्ने मेयर यादबले उदघोष गरे । अगामी दिनमा जेष्ठ नागरिकका लागि थप योजनाहरु ल्याउने समेत मेयर यादबले बताए ।


बर्तमान अबस्थामा आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पिडित हुने गरेको भन्दै मेयर यादबले बृद्धबृद्धाहरुको माया र सम्मानको खाँचो रहेको औल्याँए । पैसा कमाउने उदेश्यले छोरा वैदेशिक रोजगारीमा गएपछि बुहारीले बृद्धबृद्धालाई हेला गर्ने परम्परा समाजमा बढ्दै गएकोले समेत जेष्ठ नगरिकहरु थप पिडित बन्दै गएको मेयर यादबले स्पष्ट गरे । सन्तान घरपरिबारमा भएपनि बिभिन्न कारणले बृद्धबृद्धालाई झै– झगडा गर्ने, कुटपिट गर्ने, बेबास्ता गर्ने परम्परा बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न उचित कानुन बनाउनमा लागी परेको समेत उनले स्पष्ट गरे ।

पाँच सयभन्दा बढी जेष्ठ नागरिक सम्मानित 
मिर्चैया नगरपालिकाले पाँच सयभन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत नागरपालिका भित्र रहेका ८० बर्ष भन्दामाथी उमेरका पाँच सय भन्दा बढी जेष्ठ नागरिकहरुलाई दोसल्ला, छाता र फ्रुटी सहित सम्मान गरिएको छ ।

चालु आर्थिक बर्षमा जेष्ठ नागरिक सम्मानका लागि ५ लाख रकम छुट्यार्ईएकोले सोही अनुरुप कार्यक्रम संचालन गरेको नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडलले बताए । नगरपालिकाका १२ वटै बडामा गएर जेष्ठ नागरिकलाई बडा अध्यक्ष र सचिबको रहोबरमा सम्मान गरिएको अधिकृत पौडलले जनाए ।


कार्यक्रममा मेयर यादवको साथै उपमेयर जिबछी देवी साह, प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, प्रत्येक वडाका बडा अध्यक्ष र सचिब लगायतका उपस्थित रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्