दुई हजार लिटर अबैध घरेलु मदिरा नष्ट
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०३जेष्ठ ।  गोलबजार प्रहरीले दुई हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेका छन् । गोलबजार नगरपालिका बडा नं. ६ मा अबैध रुपमा संचालित घरेलु मदिरा भट्टीलाई नियन्त्रणमा लिई नष्ट गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 
ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजेश सुबेदी तथा सशस्त्र प्रहरी बल बेश क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरिक्षक जनक बस्नेतको संयुक्त गस्ति टोलीले मंगलबार राति भट्टीमा छापामारी मदिरा नष्ट गरिएको हो । नष्ट गरेको मदिराको बजार मुल्य करीब २० लाख रहेको अनुमान गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्