मिर्चैयामा कृषकहरुलाई निःशुल्क धानको बिउ वितरण
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २७ जेष्ठ । सिरहाको मिर्चैया नगरपालिकाको कृषि शाखाले अगुवा कृषकहरुलाई धानको विउ वितरण गरेको छ । शाखाले ३० जना कृषकहरुलाई बासमति, सोनामन्सुली, सोना सर्बवण र एमटियु नामका धानका बिउ आज बितरण गरेको हो । 
प्रतिकृषक ७ किलोका दरले धानको बिउ निः शुल्क बितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पंडितले बताएका छन् । 
नगरपालिका बडा नं. ५ का अगुवा कृषकहरुलाई धान र तरकारी खेती सम्बन्धि तालिम समेत दिइएको प्रमुख पंडितले जनाए ।

 

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्