एलिसालाई मिस सिरहाको ताज
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, ७ असार । मिस सिरहाको ताज लहान ९ की एलिसा साहशंकरले जितेकी छन् । करिब एक महिनादेखि छनौट हुंदै असार ६ गते राती मिस सिरहाको अन्तिम विजेता एलिसा भएकी छन् । भारतीय जनता पार्टीका नेता विजय जोलीका प्रमुख आतिथ्यमा भएको सो प्रतियोगिताका फस्ट रनर अफ लहान १ की प्रिती चौधरी भएकी छन् । सेकेन्ड रनर अफ सिरसा तमागं भएकी छन् । प्रमुख अतिथी जोलीले यो कुनै व्यूटी होइन्, पर्सनाल्टी जागरण हो । यो प्रतियोगिहरु भोली देश र प्रदेशको नेतृत्व गर्न सकिने क्षमता प्राप्त गर्ने आधार तयार भएको बताउंनुभयो ।
जोलीले महिला अगाडि बढ्न सक्छ । यसको लागि घरमा आमा बुवा, कांलेजमा साथीसंगी र विवाहपछि पतिले सपोट गरियो भने महिला शिखर छुन्न सक्छ उहांले बताउंनुभयो । महिलाहरु यो पहिचानले समाजमा उदाहरणीय काम गर्न सकिने छ । महिलाहरुलाई हरेक क्षेत्रमा आरक्षण दिनुपर्ने अतिथीहरुले बताएका थिए ।
सोनाली यादव, सिरसा तमांग, वविता विक, एलिसा साहशंकर, प्रिती थारु पांच अन्डरको छनौटमा परेका थिए । सविना श्रेष्ठ वेष्ट भिजन, कृष्टीना भट्ट वेस्ट फोरपेरेन्स, सोनी लोहनी वेस्ट डिसिपिलिन, सोनाली यादव पंगचुअल, मधु चौधरी इनरजेटिक, सपना साह चार्मिग, स्मीता चौधरी वेस्ट लुक, वविता विक मोस्टलिस्ट, आयुषा तमांग वेस्ट फिगर, विधा सास्त्री टाइलेन्ट, गौतम चौधरी फोटोजेनिक, रिसिका चौधरी वेस्ट वाक, रक्षा खेतान मोस्ट पपुलर, वविता विसी छनौट भएका छन् । विजेता एलिसा साह शंकरलाई पुरस्कार स्वरुप ५० हजार, प्रिती थारुलाई ३० हजार र सिरसा तमांगलाई २० हजार पुरस्कार दिएका छन् । कार्यक्रम केआएसका सुजित रुचालका सभाध्यक्षतामा भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्