पत्रकार दुव्र्यवहार गर्ने भन्सार प्रमुख जिल्ला छाडे
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, २२ जेठ । पत्रकार गणेश साह र सन्तोष यादवलाई समाचार संकलन क्रममा सिरहा माडर भन्सार कार्यालयका प्रमुखले गरेको दुव्र्यवहार र क्यामेरामा क्षति पुर्याएको विषयमा जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरेको छ । भन्सार प्रमुख राजेन्द्र हमालले माग बमोजिमको सूचना नदिई पत्रकारसंग दुव्र्यवहार र क्यामेरामा समेत क्षति पुर्याएकोले सोको छानविन गर्न तीन सदस्य समिति गठन गरेको छ । सो समितिमा जिल्ला प्रशासन कार्यालय सिरहा प्रअ जयचन्द्र साह, जिल्ला प्रहरी कार्यालय सिरहाका अधिकृत प्रतिनिधि र नेपाल पत्रकार महासंघ सिरहाका एक प्रतिनिधि गरी तीन सदस्य समिति गठन गरिएको छ । उता, घटनापछि भन्सार प्रमुख जिल्ला छाडेर फरार छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्